एउटा बस जसमा यात्रा गर्न कुकुरलाई मात्रै छ अनुमति (भिडियोसहित)
काठमाडौं (एजेन्सी) । ‘बस’ भन्ने बित्तिकै हामी आममानिसको आवतजावतमा प्रयोग हुने सवारीसाधन भन्ने सम्झन्छौं ।
बसबारे यस्तो धारणा बनायौं भने अबचाहिँ गल्ती हुनेछ । किनभने, मानिस नभएर कुकुर मात्र चढ्ने बस पनि सञ्चालनमा छन् ।
अलास्कामा कुकुरका लागि मात्र चल्ने बस अहिले संसारभर चर्चाको विषय बनेको छ ।
यो बस मो माउन्टेन म्याट्स नामक कुकुर सेवा कम्पनीले सञ्चालनमा ल्याएको हो । यो बसमा मानिस चढ्न पाउँदैनन् । कम्पनीका दम्पतीले कुकुरहरूलाई बसमा चढाएर विशेष ठाउँमा घुम्न लैजान्छन्। यस्ता कुकुर तालिम प्राप्त छन् । बिबिसीका अनुसार, ती कुकुरहरू यात्राका क्रममा आफ्नो सिटमा मात्रै बस्ने गरेका छन् ।
बसमा कुकुर चढेको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया