कर्णालीमा माओवादी र एमालेबीच भागबण्डा मिल्यो, कसले कुन मन्त्रालय पाए ?
काठमाडौं । कर्णाली प्रदेशमा सत्ता गठबन्धन दल एमाले र माओवादी केन्द्रबीच मन्त्रालयको भागबण्डा सुल्झिएको छ ।
मंगलबार एमाले र माओवादीका शीर्ष नेताबीच भएको सहमति अनुसार माओवादी केन्द्रले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार, जलस्रोत तथा उर्जा मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाएको छ ।
यसैगरी एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिएको छ । दुई पार्टीबीच भागबण्डा मिलेसँगै मुख्यमन्त्री राजकुमार शर्माले बुधबार मन्त्रिपरिषद बैठक बिस्तार गर्ने तयारी गरेका छन् ।
पुस २८ मा मुख्यमन्त्री शर्माले पद तथा गोपनीयताको शपथग्रहण लिए लगत्तै माओवादी र एमालेबाट एक–एक मन्त्री नियुक्त गरेका थिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया