‘असल सहकारीलाई प्रोत्साहन गरौँ’
काठमाडाैं । सहकारी अभियन्ताले सहकारी क्षेत्रमा देखिएको विकृति अन्त्य गर्न साझा प्रयास परिचालन गर्ने प्रतिबद्धता जनाएका छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी विभागद्वारा मंगलबार आयोजित कार्यक्रममा सहकारी अभियन्ताले सहकारीमा विकृति भित्रन नदिने र विकृति फैलाउनेलाई कानुनको दायरामा ल्याउन सबैले सहयोग गर्ने बचन दिएका हुन् ।
मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारी अर्थतन्त्रको मुख्य क्षेत्र भएको र जनमानसमा यसप्रतिको विश्वास र भरोसालाई कायम राख्न सहकारीका सिद्धान्त र आदर्शलाई परिपालना गर्न आवश्यक रहेको बताए ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले गलत काम गर्ने सहकारीलाई दुरुत्साहन गर्न सबै सरोकारवालाको साझा दृष्टिकोण हुनुपर्ने बताए । राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडीले सबै सहकारीले सहकारिताको मूल मर्मअनुरुप काम गर्नुपर्ने र सरकारीमा अनुशासनहीनता स्वीकार्य नहुने धारणा राखे ।
सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सञ्चालकले बिना धितो बिना ब्याज आफैँलाई ऋण दिने कार्य सहकारीको मान्यताविपरीत रहेको बताए । मन्त्रालयका सहसचिव निराजन घिमिरेले अहिले केही सहकारीमा भित्रिएको विकृति हटाउन कार्ययोजना बनाई लागू गरिने बताए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया