कर्णालीका सभामुखद्वारा पार्टी सदस्यता परित्याग
कर्णाली । कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले पार्टी सदस्यता परित्याग गरेकी छन् । सत्ता गठबन्धन दल नेकपा एमालेबाट गुरुङ यही माघ १ गते सभामुखमा निर्वाचित भएकी थिइन्।
उनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् । जारी विज्ञप्तिमार्फत सभामुख गुरुङले भनेकी छन्, ‘सभामुख पदका हिसाबले साझा भूमिकामा रहनुपर्ने भएकाले संवैधानिक प्रावधानप्रति प्रतिबद्ध हुँदै म आबद्ध रहेको दल नेकपा एमालेको सम्पूर्ण जिम्मेवारी र आबद्धताबाट अलग भएको घोषणा गर्दछु ।’
सभामुख पदको जिम्मेवारी बहन गर्दा स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास उनले व्यक्त गरेकी छन् । सभामुख गुरुङ नेकपा एमाले सुर्खेतबाट समानुपातिक प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् । हाल उनी वीरेन्द्रनगर नगरपालिका–२ सुर्खेत निवासी छिन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया