गर्भावस्थामा पनि सुटिङ नछाडी हिट फिल्म दिने अभिनेत्रीहरू

काठमाडौं (एजेन्सी) । बलिउडमा आफ्नो करियर कायम राख्नका लागि कलाकारहरु कडा मिहिनेत गर्छन् । उनीहरू आफूलाई फिट राख्न जिममा पसिना बगाउँछन् । बलिउडमा यस्ता धेरै अभिनेत्री छन् जसले गर्भावस्थामा पनि सुटिङ छोडेनन् । निकै हिट फिल्महरू दिए ।आउनुहोस् , यो सूचीमा परेका ती अभिनेत्रीहरूको बारेमा जानौं।
करिना कपुर
अभिनेत्री करीना कपुर २०१८ को सुपरहिट फिल्म वीरे दी वेडिङका क्रममा गर्भवती थिइन् । कपुरले यो खुसीको खबर त्यतिबेला थाहा पाएकी थिइन् जब चलचित्रको सुटिङ सुरु भइसकेको थियो । तर उनले सुटिङ जारी राखिन् । डेलिभरीको मिति नजिक आएपछि मात्रै उनले फिल्मको सुटिङबाट ब्रेक लिएकी थिइन् । डेलिभरीपछि उनले फिल्मको सुटिङ पूरा गरिन् ।
यो फिल्ममा करिनासँगै सोनम कपुर, स्वरा भास्कर र शिखा तलसानिया देखिएका थिए ।
माधुरी दीक्षित
माधुरी दीक्षित, शाहरुख खान र ऐश्वर्या रायजस्ता स्टारद्वारा अभिनित फिल्म देवदास सुपरहिट भयो । कमैलाई यो सुपरहिट फिल्म सुटिङका क्रममा माधुरी गर्भवती भएको थाहा हुनुपर्छ ।
फिल्म सुटिङका बेला गर्भवती भए पनि माधुरीले निरन्तर यसमा काम गरेकी थिइन् । यो फिल्मका सबै गीतमा उनको उत्कृष्ट नृत्य देख्न सकिन्छ ।
काजोल
यो सूचीमा बलिउडकी बिन्दास अभिनेत्री काजोलको पनि नाम आउँछ । अभिनेत्री काजोल सन् २०१० मा रिलिज भएको फिल्म वी और द फैमिलीको सुटिङका क्रममा गर्भवती भएकी थिइन् । तर त्यसपछि पनि उनले सुटिङ नरोकी यथावत् राखेकी थिइन् ।
यो फिल्ममा काजोलसँग अभिनेत्री करिना कपुर र अर्जुन रामपाल मुख्य भूमिकामा देखिएका थिए । सुटिङ सकिएपछि अभिनेत्रीले छोरा युगलाई जन्म दिएकी थिइन् ।
हेमा मालिनी
बलिउडकी चर्चित अभिनेत्री र शोलेमा वसन्तीको भूमिका निभाएकी हेमा मालिनी पनि यो सूचीमा परेकी छन् । सुटिङका क्रममा गर्भवती रहे पनि उनले काम थाती नराखी टिममा काम गरिन् । फिल्म सुटिङको समय उनीसँगै धर्मेन्द्र पनि देखिएका थिए ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया