नेपाल विश्वविद्यालय विधेयक विधायन समितिमा
काठमाडाैं । राष्ट्रियसभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक, २०७९’ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । राष्ट्रियसभाको आजको बैठकले उक्त विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको हो ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गरेको हो । राष्ट्रियसभाको अर्को बैठक यही माघ २३ गते बिहान ११ बजेर ५९ मिनेटमा बस्नेछ ।
ताजा अपडेट
-
परीक्षा दिएर आँउदै गरेकी विद्यार्थीमाथि आक्रमण
-
एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
-
मुग्लिन-पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण
-
गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
-
ग्लोबल आइएमईको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने
प्रतिक्रिया