उपप्रधानमन्त्री लिङ्देन र बेलायती राजदूत पोलिटवीच भेटवार्ता
काठमाडौं । उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्रप्रसाद लिङ्देन र नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।
मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय आपसी हित र चासोका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा उपप्रधानमन्त्री लिङ्देनले बेलायत नेपालको सबैभन्दा भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै बेलायतले सङ्कट र प्रकोपको समयमा नेपाललाई महत्वपूर्ण सहयोग गरेको स्मरण गरे ।
उनले अहिलेको सरकारको प्रथमिकता राष्ट्रिय एकता, सुशासन र सेवा प्रवाह भएको उल्लेख गर्दै त्यसमा बेलायत सरकारको सहयोग रहने अपेक्षा व्यक्त गरेका थिए। उपप्रधानमन्त्री लिङ्देनले भूपू ब्रिटीश गोर्खा सैनिकको समस्या समाधानको लागि राजदूत पोलिटसमक्ष आग्रहसमेत गरेका थिए ।
सो अवसरमा राजदूत पोलिटले नेपालको ऊर्जा खपतमा सहयोग गर्न बेलायत सरकार इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि ऊर्जा मन्त्रालयका निकायसँगको सहकार्यलाई अझै विस्तार गर्ने बताएका थिए ।
नवीकरणीय ऊर्जा उत्पादन तथा विद्युत व्यापारमा पनि सहजीकरण गर्न बेलायत सरकार तयार रहेको बताउँदै राजदूत पोलिटले ऊर्जा क्षेत्रका निकायको संस्थागत सबलीकरणमा पनि सहयोग गरिरहेको उल्लेख गरे ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया