तीन दिनमा कति कमायो शाहरुखको पठानले ?
काठमाडौं । शाहरुख खानको फिल्म ‘पठान’ को तीन दिनको विश्वव्यापी कलेक्सन ३ सय करोड नाघेको छ ।
यशराज फिल्म्सका अनुसार शाहरुख–दीपिका स्टारर फिल्म पठानको हिन्दी संस्करणले रिलिजको तेस्रो दिन ३८ करोड रुपैयाँ कमाएको छ भने अन्य भाषामा १.२५ करोड रुपैयाँ कलेक्सन गरेको छ ।
यो फिल्म हिन्दीबाहेक तमिल र तेलुगु भाषामा २५ जनवरीमा रिलिज भएको छ ।
यशराज स्टुडियोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तेस्रो दिन भारतबाट कुल कलेक्सन ३९.२५ करोड रुपैयाँ प्राप्त भएको छ । ’
यसैबीच यो फिल्मले विदेशबाट ४३ करोड रुपैयाँ कमाएको छ ।
पठान शाहरुख खानको पछिल्लो चार वर्षमा सबैभन्दा ठूलो रिलिज फिल्म हो।
समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार फिल्मले पहिलो दिन १०६ करोड र दोस्रो दिन ११३.६ करोड कमाएको थियो । तीन दिनमा फिल्मले घरेलु बजारबाट २०१ करोड र विदेशबाट ११२ करोड रुपैयाँ कलेक्सन गरेको छ ।
यस हिसाबले फिल्मको अहिलेसम्म ३१३ करोड भारु कलेक्शन भएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया