इरानमा भूकम्प, सातको मृत्यु, ४४० घाइते
इरानमा शनिबार राति भूकम्प गएको छ । घटनामा ठूलो जनधनको क्षति भएको छ ।उत्तरपश्चिम इरानको पश्चिम अजरबैजान प्रान्तको खोया सहर केन्द्रबिन्दु भएर राति २३ः४४ बजे ५.९ रेक्टर स्केलको भूकम्प गएको हो ।
टिआरटी वर्ल्डका अनुसार भूकम्पमा परी सात जनाको मृत्यु भएको छ भने ४ सय ४० जना घाइते भएका छन् ।
खोयनजिकैका अन्य सहरहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।
इरानको मध्य सहर इस्फाहानमा रहेको सैन्य प्लान्टमा ठूलो विस्फोटको आवाज सुनिएको थियो तर सुरक्षा अधिकारीले भने कुनै हताहत नभएको बताएका छन्। इरानी राज्य प्रसारक आईआरआईबीले आइतबार बिहान आफ्नो वेबसाइटमा यो जानकारी दिएको हो।
आईआरआईबीले थप विवरण नदिई रक्षा मन्त्रालयको गोलाबारुद उत्पादन केन्द्रमा विस्फोट भएको र त्यहाँ कुनै हताहत नभएको इस्फाहान गभर्नोरेटका राजनीतिक र सुरक्षा उपप्रमुखले घोषणा गरेको बताएको छ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया