चितवन २ मा कहिले हुन्छ उपनिर्वाचन ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेको सांसद पद खारेजीसँगै सर्वोच्च अदालतले चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्न आदेश दिएको छ ।
चितवन क्षेत्र नम्बर २ बाट चुनाव जितेका लामिछानेको सांसद पद बदर भएसँगै निर्वाचन आयोगलाई अब उक्त क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्नुपर्ने जिम्मेवारी आइपरेको छ ।
उपनिर्वाचनका लागि आफ्नै केही प्रक्रिया छन् । निर्वाचन आयोगका सह प्रवक्ता सूर्य प्रसाद अर्यालले उपनिर्वाचन घोषणा गर्न फैसलाको पूर्ण पाठ र संसद सचिवालयबाट लामिछाने पदबाट रिक्त भएको पत्र आउनुपर्ने बताए ।
‘यत्ति भएपछि थप कानुनी प्रक्रिया पूरा हुनका लागि लाग्ने समय निक्र्योल गरेर आयोगले निर्वाचनको मिति तोक्नेछ,’ उनले भने, ‘तर ठ्याक्कै यति समयमा हुन्छ भनेर भन्न सकिने अवस्था छैन ।’
अमेरिकाको नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनःप्रप्तीको प्रक्रिया पूरा नगरी चुनावमा होमिएका लामिछानेको सर्वोच्चको फैसलापछि सबै पद गुमेको हो । उनले आजै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नागरिकता पुनः प्राप्तीको प्रक्रिया अघि बढाउने भएका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया