जिल्ला प्रशासनबाट निस्किदैं रविका दाजुले भने – नागरिकता नपाएकाहरूको चर्चा खै ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेका दाजु हरिशरण लामिछानेले राज्यले नागरिकताविहीनहरूका लागि पनि रविको विषयमा जत्ति नै चासो देखाउनुपर्ने बताएका छन् ।
आइतबार रविसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका उनले नागरिकताका सवालमा राज्य ‘लिबरल’ हुनुपर्ने प्रतिक्रिया दिए ।
‘नागरिकताको विषयमा नेपाल लिबरल हुनुपर्छ । यहाँ हेर्नुस्, नागरिकता नपाएका मान्छेहरूको चर्चा नै छैन । रवि सेलिब्रेटि तथा नेता भएका कारण यति धेरै चासो रह्यो,’ उनले भने, ‘राज्यले नागरिकताविहीनहरूका लागि पनि तदारूकताका साथ काम गरोस् । कुनै स्टन्टको लागि गर्ने होइन । नागरिकता अपरिहार्य विषय हो ।’
नागरिकताविहीनहरूले स्कुल, कलेज पढ्न नपाएको, बैंक खाता खोल्न नपाएको र कतै रोजगारी नपाएका समस्यातिर पनि सञ्चारमाध्यमलाई ध्यान दिन उनले सुझाए । योसँगै नेपालमा नागरिकताको विषयमा खुला बहस हुनुपर्ने र निष्कर्षमा पुग्नुपर्ने बताए ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया