जिल्ला प्रशासनबाट निस्किदैं रविका दाजुले भने – नागरिकता नपाएकाहरूको चर्चा खै ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेका दाजु हरिशरण लामिछानेले राज्यले नागरिकताविहीनहरूका लागि पनि रविको विषयमा जत्ति नै चासो देखाउनुपर्ने बताएका छन् ।
आइतबार रविसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका उनले नागरिकताका सवालमा राज्य ‘लिबरल’ हुनुपर्ने प्रतिक्रिया दिए ।
‘नागरिकताको विषयमा नेपाल लिबरल हुनुपर्छ । यहाँ हेर्नुस्, नागरिकता नपाएका मान्छेहरूको चर्चा नै छैन । रवि सेलिब्रेटि तथा नेता भएका कारण यति धेरै चासो रह्यो,’ उनले भने, ‘राज्यले नागरिकताविहीनहरूका लागि पनि तदारूकताका साथ काम गरोस् । कुनै स्टन्टको लागि गर्ने होइन । नागरिकता अपरिहार्य विषय हो ।’
नागरिकताविहीनहरूले स्कुल, कलेज पढ्न नपाएको, बैंक खाता खोल्न नपाएको र कतै रोजगारी नपाएका समस्यातिर पनि सञ्चारमाध्यमलाई ध्यान दिन उनले सुझाए । योसँगै नेपालमा नागरिकताको विषयमा खुला बहस हुनुपर्ने र निष्कर्षमा पुग्नुपर्ने बताए ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया