बेलायती प्रधानमन्त्री सुनकले बर्खास्त गरे पार्टी अध्यक्ष
काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनकले कन्जरभेटिभ पार्टीका प्रमुख नदिम जाहवीलाई पदबाट बर्खास्त गरेका छन् ।
कर छलीको आरोपमाथि गरिएको छानबिनमा उनले मन्त्री संहिताको गम्भीर उल्लंघन गरेको भेटिएपछि बर्खास्त गरिएको हो ।
गत वर्ष बेलायतको राजनीतिक उथलपुथलका क्रममा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका जाहबीमाथि करोडौं डलरको भुक्तान नगरिएका कर बिल सुल्झाएको आरोप थियो । यही अभियोगमा राजीनामा गर्न व्यापक दबाब आइरहेका बेला सुनकले बर्खास्त गरेका हुन् ।
स्वतन्त्र अनुसन्धानले पदीय मर्यादाको गम्भीर उल्लंघन गरेको पुष्टि भएपछि यस्तो कदम चालिएको सुनकले बताएका छन् । बर्खास्तको निर्णयबारे सुनकले राजालाई समेत जानकारी गराएको बताइएको छ ।
जाहवीले सुरुमा अभियोगबारे अस्वीकार गरेका थिए । तर पछिल्लो समय केही अनियमितता भएको स्वीकारेका थिए ।
जाहबीले करिब ६.११ मिलियन अमेरिकी डलर बराबरको कर बिलमा अनियमितता गरेको बताइएको छ ।
ताजा अपडेट
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह
-
विपदबाट बच्न मनसुन अवधिभर सावधानी अपनाउन आग्रह
-
आज देशैभर पुष्पलाल स्मृति दिवस मनाइँदै


प्रतिक्रिया