NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

‘पठान’ले बनायो रेकर्ड नै रेकर्ड

काठमाडौं । शाहरुख खानको फिल्म पठानले लगातार पाँचौं दिन ठूलो रेकर्ड बनाएको छ । यशराज फिल्म्सका अनुसार पठानले पाँच दिनमा विश्वभरबाट ५ सय ४३ करोड कमाएको छ ।

फिल्मले भारतभित्रबाट करिब ३ सय ३५ करोड र बाहिरबाट २०८ करोड कलेक्सन गरेको हो ।

यशराज फिल्म्सले पठान हिन्दी सिनेमाको इतिहासमा सबैभन्दा छिटो धेरै रकम कलेक्सन गर्ने फिल्म भएको दाबी गरेको छ ।

शाहरुख खानको फिल्म पठान २५ जनवरीमा रिलिज भएको थियो । यसले रिलिज भएको दिनदेखि नै कमाइको नयाँ रेकर्ड बनाइरहेको छ ।

शाहरुख पठानसँग चार वर्षपछि पर्दामा फर्किएका छन् । फिल्ममा शाहरुखका अलावा दीपिका पादुकोण, जोन अब्राहमले पनि अभिनय गरेका छन् ।

पठानले पहिलो दिन भारतमा ५७ करोड कलेक्सन गरेको छ ।

पहिलो दिन पठानले विश्वभरका थिएटरबाट कुल १०६ करोड रुपैयाँ कमाएको थियो ।

दोस्रो दिन पठानले भारतमा ८२ करोड कमाएको बताइएको छ । हिन्दी संस्करणमा यो कमाइ करिब ६८ करोड रुपैयाँ थियो । पठानको दोस्रो दिनको कुल कमाइ करिब ११३ करोड रुपैयाँ थियो ।

यशराज फिल्म्सका अनुसार पठान दुई दिनमै विश्वभर १०० करोडभन्दा बढी कमाउने एक मात्र फिल्म हो ।

तेस्रो दिन पठानको कुल कमाइ ३१३ करोडभन्दा बढी थियो । फिल्मले तेस्रो दिनसम्म भारतमा २०१ करोड र विदेशमा ११२ करोड कमाएको हो ।

यशराज फिल्म्सका अनुसार शाहरुख खानको फिल्म पठानले चौथो दिनसम्म विश्वभर ४२९ करोड, भारतमा २६५ करोड र भारत बाहिर १६४ करोड रुपैयाँ कलेक्सन गरेको निर्माण समूहले जनाएको छ ।

पठान फिल्मका निर्माताहरूले पठान संसारमा सबैभन्दा छिटो ४ सय करोड कमाउने हिन्दी फिल्म भएको दाबी गरेका छन् ।

यी सबै बाहेक पठान फिल्मका कारण धेरै सिंगल स्क्रिन थिएटरमा पनि चमक फर्किएको छ । शाहरुख खानले ट्वीटरमा यस्ता धेरै थिएटरको लिस्ट सेयर गरेका छन् । कोरोनापछिको समय थिएटर र चलचित्र उद्योगका लागि राम्रो थिएन ।

यस्तो अवस्थामा पठानले करोडौं रुपैयाँ कमाउन थालेपछि शाहरुखका फ्यान बाहेक फिल्म इन्डस्ट्रीमा खुसीयाली छाएको छ ।

पठान सायद ती चुनिएका चलचित्रहरू मध्ये एक हो, जुन घोषणा भएदेखि नै चर्चामा थियो।

सामाजिक सञ्जालमा एक समूहले पठानलाई बहिष्कार गर्नुपर्ने माग गर्दै आएको थियो । फिल्मको पहिलो गीत ‘बेशर्म रंग’ रिलिज भएपछि यो माग झनै बढेको हो ।

फिल्मको गीतमा दीपिका पादुकोणले लगाएको पहिरनले पनि निकै विवाद सिर्जना गर्यो ।

केही समूहले भगवा लुगा लगाएर हिन्दूहरूको भावनामा ठेस पुगेको आरोप लगाएका थिए ।

तर, यो विरोधको फाइदा फिल्मका गीतमा यतिसम्म पर्यो कि केही घण्टामै यसको भ्युज करोड पुग्यो ।

चलचित्र ‘पठान’ले हलमा निकै दर्शक पाइरहेको भएपनि चलचित्रको कथा र स्पेशल इफेक्टका कारण पनि पठानको आलोचना भइरहेको छ ।

पठानको कथामा नयाँ केही नभएको र पुराना चलचित्रका कथालाई नयाँ ढंगले प्रस्तुत गरिएको भन्दै केही चलचित्र समीक्षकले आलोचना गरेका छन् । पठानको स्पेशल इफेक्टको सामाजिक सञ्जालमा पनि खिल्ली उडाइएको छ ।

तर, यो आलोचनाबाहेक अरु यस्ता भिडियोहरु छन् जसमा पठानलाई हेरेर खुसीसाथ नाचिरहेको देखिन्छ । फिल्ममा सलमान खान पनि देखिएका छन् । यी दुईको अन स्क्रिन जोडीलाई दर्शकले रुचाएका छन् ।