NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

प्रधानमन्त्रीलाई माधव नेपालको ज्ञापनपत्र–महंगी नियन्त्रण र आर्थिक संकट समाधान गर्नुस्

काठमाडौं । एकीकृत समाजवादीले देशको अर्थतन्त्र गम्भीर संकटतर्फ उन्मुख भएको र महंगीले जनजिविका चलाउन मुस्किल रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गरेको छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको आर्थिक–सामाजिक संकटबारे ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका हुन् ।

बढ्दो मंहगीले मजदुर, किसान र सर्वसाधारण जनताले दैनिकजसो आत्महत्या गर्न थालेको, जनतामा निराशा र राजनीतिप्रति नै वितृष्णा देखिएकोतर्फ चिन्ता व्यक्त गरेका छन् । बढ्दो महँगी नियन्त्रण गर्नसमेत अध्यक्ष नेपालले प्रधानमन्त्रीसँग माग गरेका छन्।

ज्ञापनपत्रमा आर्थिक संकट समाधानका लागि देशले अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन ढिला गर्न नहुने सुझाव पनि दिएका छन् ।