प्रधानमन्त्रीलाई माधव नेपालको ज्ञापनपत्र–महंगी नियन्त्रण र आर्थिक संकट समाधान गर्नुस्
काठमाडौं । एकीकृत समाजवादीले देशको अर्थतन्त्र गम्भीर संकटतर्फ उन्मुख भएको र महंगीले जनजिविका चलाउन मुस्किल रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गरेको छ ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको आर्थिक–सामाजिक संकटबारे ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका हुन् ।
बढ्दो मंहगीले मजदुर, किसान र सर्वसाधारण जनताले दैनिकजसो आत्महत्या गर्न थालेको, जनतामा निराशा र राजनीतिप्रति नै वितृष्णा देखिएकोतर्फ चिन्ता व्यक्त गरेका छन् । बढ्दो महँगी नियन्त्रण गर्नसमेत अध्यक्ष नेपालले प्रधानमन्त्रीसँग माग गरेका छन्।
ज्ञापनपत्रमा आर्थिक संकट समाधानका लागि देशले अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन ढिला गर्न नहुने सुझाव पनि दिएका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया