घरको छाना खस्दा अफगानिस्तानमा चार जनाको मृत्यु, १८ घाइते
काबुल । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा घरको छाना खस्दा चार जनाको मृत्यु हुनाका साथै अन्य १८ जना घाइते भएको प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद आसिफ वाजिरीले मङ्गलबार जानकारी दिएका छन् ।
चरकेन्ट जिल्लाको पहाडी कोरिक गाउँमा सोमबार अबेर राति भएको उक्त दुर्घटनामा दुई बालबालिकासहित एकै परिवारका चार जनाको मृत्यु भएको थियो भने महिला तथा बालबालिकासहित १८ जना घाइते भएका थिए।
यस्तै घटनामा, पूर्वी कुनार प्रान्तको शिगल जिल्लामा आइतबार भारी हिमपातका कारण घरको छत भत्किँदा तीन बालबालिकाको मृत्यु भएको छ । सो दुर्घटनामा पीडितका आमाबाबु सहित छ जना घाइते भएको पनि प्रान्तीय सरकारी अधिकारी एहसानुल्लाह एहसानले उल्लेख गरेका छन् ।
युद्धग्रस्त अफगानिस्तानको ग्रामीण क्षेत्रमा प्रायः घरहरू माटोले बनेका हुन्छन् जुन भारी हिमपात, अविरल वर्षात् र अन्य यस्तै प्राकृतिक प्रकोपहरूको जोखिममा पर्ने गर्छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया