NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

ओलीलाई भेट्न रवि पुगे बालकोट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरेका छन् । मंगलबार ओली निवास बालकोटमा पुगेर भेट गरेको ओलीको सचिवालयले जनाएको छ ।

भेटवार्तामा रविले गृहमन्त्रालय दिन प्रधानमन्त्रीले आनाकानी गरिरहेकोमा गुनासो पोखेका छन् । उनले यसअघि सत्ता साझेदार दलबीच भएको सहमति अनुसार गृहमन्त्रालय आफूले पाउनुपर्ने अडान लिएका थिए ।

जवाफमा ओलीले आफू सहमतिको कार्यान्वायन गर्ने पक्षमा रहेको बताएको सचिवालयका एक सदस्यले जानकारी दिए । उनले विहार प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृहमन्त्रालय दिन दबाब दिएका थिए ।

सर्वोच्च अदालतको फैसलापछि पदमुक्त भएका रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि फेरि गृह मन्त्रालयमा नै फर्किन खोजेका छन् ।