ओलीलाई भेट्न रवि पुगे बालकोट
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरेका छन् । मंगलबार ओली निवास बालकोटमा पुगेर भेट गरेको ओलीको सचिवालयले जनाएको छ ।
भेटवार्तामा रविले गृहमन्त्रालय दिन प्रधानमन्त्रीले आनाकानी गरिरहेकोमा गुनासो पोखेका छन् । उनले यसअघि सत्ता साझेदार दलबीच भएको सहमति अनुसार गृहमन्त्रालय आफूले पाउनुपर्ने अडान लिएका थिए ।
जवाफमा ओलीले आफू सहमतिको कार्यान्वायन गर्ने पक्षमा रहेको बताएको सचिवालयका एक सदस्यले जानकारी दिए । उनले विहार प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृहमन्त्रालय दिन दबाब दिएका थिए ।
सर्वोच्च अदालतको फैसलापछि पदमुक्त भएका रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि फेरि गृह मन्त्रालयमा नै फर्किन खोजेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया