पक्राउ परे कैलालीका सांसद अरूणकुमार चौधरी
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर २ मा निर्वाचित प्रतिनिधिसभा सांसद अरूणकुमार चौधरी पक्राउ परेका छन् ।
चालकमाथि कुटपिट गरेर ट्याक्टरमा आगो लगाएको आरोपमा कैलाली जिल्ला अदालतबाट दोषी ठहर भएका उनलाई अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको हो ।
उनलाई ६ महिना कैद सजायसँगै ८ लाख १९ हजार २३ रूपैयाँ जरिवानाको सजाय सुनाइएको थियो।
यो दुवै सजायबाट उन्मुक्त भई सांसद निर्वाचित भएका उनलाई तत्काल कारवाही गर्न गृह मन्त्रालयमा उजुरी परेको थियो ।
२०६६ भदौ ३ मा कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा चौधरीसिहतको टोलीले चालक साजन चौधरीलाई कुटेर आगो लगाएको थियो ।
उक्त घटना पछि ट्याक्टरधनी महादेव बजगाईंले आफ्नो ट्याक्टरमा आगो लगाइदिएको भनी पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिएका थिए । उनीहरूविरूद्ध किटानी जाहेरी दिँदै उनले ८ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने दाबी गरेका थिए ।
दोषि ठहर भएको एक दशभन्दा बढी समयपछि उनलाई पक्राउ गरिएको हो । यसअघि अदालतको आदेश पछि पनि उनी म्याद गुजारेर बसिरहेका थिए ।
मान्छे कुटेर ट्याक्टरमा आगो लगाउने कैलालीका सांसद चौधरीलाई तत्काल पक्राउ गर्न माग
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया