अर्थ मन्त्रालयको सीसीटिभी फुटेज ९० दिनसम्म हेर्न मिल्ने
काठमाडौ । अर्थमन्त्रालयको सीसीटिभी फुटेज अब तीन महिना (९० दिन) सम्म हेर्न मिल्ने भएको छ ।
मन्त्रालयले चालु आर्थिक वर्षको ६ महिनामा गरेको कार्यप्रगतिको विवरण सार्वजनिक गर्दै अब सीसीटिभी फुटेजमा कैद भएको दृश्य ९० दिनसम्म हेर्न मिल्ने बनाएको जनाएको हो ।
यसभन्दा अघि पूर्वअर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट ल्याउँदा सीसीटिभी फुटेज काण्डमा मुछिएका थिए । उनी विवाद्मा मुछिएपछि सीसीटिभी फुटेजको माग भएको थियो । तर अर्थमन्त्रालय फुटेज मेटिएको भन्दै पन्छिएको थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया