प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल

काठमाडौं । प्रतिपक्षी दलको सिंहदरबारमा जारी बैठकको बीचमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बाहिरिएका छन् ।
राष्ट्रियसभा उपाध्यक्ष चयनमा साझा धारणा तय गर्न कांग्रेसको आह्वानमा सोही पार्टीको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बिहानदेखि विपक्षी दलहरूको बैठक चलिरहेको छ । विपक्षी दलको उम्मेदवारबारे छलफल चलिरहँदा नेपाल बाहिरिएका हुन् ।
राष्ट्रियसभा उपाध्यक्षका लागि आफ्नो पार्टीले उम्मेदवारी नदिने र विपक्षी गठबन्धनवाट खडा गरिने पात्रलाई समर्थन गर्ने प्रतिबद्धता जनाउँदै नेपाल बैठकस्थलबाट बाहिरिएको सहभागी एक नेताले जानकारी दिए ।
साझा उम्मेदवारबारे भने सहमति जुट्न सकेको छैन । राष्ट्रियसभा उपाध्यक्षका लागि २३ माघमा निर्वाचन हुँदैछ ।
ताजा अपडेट
-
आकस्मिक गर्भनिरोधक चक्कीले पनि हुन्छ अनियमित महिनावारी
-
ठगका अनेक चालः टर्कीको भूकम्प पुनःनिर्माणमा पठाइदिने भन्दै करोडौं ठगी
-
प्रविधि पछ्याउँदै प्रहरीः गुनासो व्यवस्थापनका लागि उजुरी पेटिकाबाट क्युआर कोडतर्फ
-
सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार
-
कामपाले निर्धारण गर्यो अनुगमन गर्न १६ सूचक
प्रतिक्रिया