प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
काठमाडौं । प्रतिपक्षी दलको सिंहदरबारमा जारी बैठकको बीचमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बाहिरिएका छन् ।
राष्ट्रियसभा उपाध्यक्ष चयनमा साझा धारणा तय गर्न कांग्रेसको आह्वानमा सोही पार्टीको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बिहानदेखि विपक्षी दलहरूको बैठक चलिरहेको छ । विपक्षी दलको उम्मेदवारबारे छलफल चलिरहँदा नेपाल बाहिरिएका हुन् ।
राष्ट्रियसभा उपाध्यक्षका लागि आफ्नो पार्टीले उम्मेदवारी नदिने र विपक्षी गठबन्धनवाट खडा गरिने पात्रलाई समर्थन गर्ने प्रतिबद्धता जनाउँदै नेपाल बैठकस्थलबाट बाहिरिएको सहभागी एक नेताले जानकारी दिए ।
साझा उम्मेदवारबारे भने सहमति जुट्न सकेको छैन । राष्ट्रियसभा उपाध्यक्षका लागि २३ माघमा निर्वाचन हुँदैछ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया