प्रधानमन्त्री दाहालद्वारा राणाको निधनप्रति दुःख व्यक्त
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर राणाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । प्रधानमन्त्रीले शोकसन्तप्त परिवार, शुभेच्छुकमा गहिरो समवेदना प्रकट गरेका छन् ।
प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत् भनेका छन् ‘नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा दुखद् निधन भएकोमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । सम्पूर्ण शोकसन्तप्त परिवार, शुभेच्छुकमा गहिरो समवेदना प्रकट गर्दै राष्ट्रका निम्ति उहाँले पु¥याउनुभएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दछु ।’
नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर एवम् पूर्व अर्थसचिव राणाको उपचारको क्रममा आज बिहान निधन भएको हो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया