NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन

काठमाडाैं । पाकिस्तानका पूर्व राष्टपति परवेज मुशर्रफको निधन भएको छ । उनको आइतबार दुबईको एक अस्पतालमा निधन भएको हो ।

उनी लामो समयदेखि विरामी थिए । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार उनी एमाइलोइडोसिस रोगबाट पीडित थिए ।

उनी पछिल्लो समय  हिँड्न नसक्ने अवस्थामा पुगेका थिए । उनी पूर्ण रूपमा ह्वीलचेयरमा निर्भर थिए  ।