संसद बैठक बहिस्कार गरी रास्वपाका सांसदहरू पार्टीको बैठकमा
काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू पहिलो पटक प्रतिनिधिसभा बैठकमा अनुपस्थित रहेका छन् ।
सर्वोच्च अदालतले नागरिकता प्रकरणमा पार्टी सभापतिसमेत रहेका रवि लामिछानेको सांसद र गृहमन्त्रीबाट पदमुक्त गरेपछि सत्ता साझेदारबीच खटपट आइरहेको बेला रास्वपाका सांसदहरूले आइतबारको बैठक बहिस्कार गरेका हुन् ।
सरकारबाट बाहिरिने कि नबाहिरिनेबारे रास्वपाको निर्णयक बैठक पार्टी कार्यालय बसुन्धारामा बसिरहेको छ । गृहमन्त्री नपाए सरकार छाड्ने धम्की दिँदै आएका रविले आइबार नै विशेष पत्रकार सम्मेलन गर्दैछन् ।
संसदमा १९ सिट रहेको रास्वपाका सांसद अनुपस्थित भएपछि सत्तापक्षका सांसदहरुको सिट खाली देखिएको छ। बैठकमा अनुपस्थित हुनेबारे रास्वपाले कुनै जानकारी नपाएको संसद सचिवालयले जानकारी दिएको छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया