NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

संसद बैठक बहिस्कार गरी रास्वपाका सांसदहरू पार्टीको बैठकमा

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू पहिलो पटक प्रतिनिधिसभा बैठकमा अनुपस्थित रहेका छन् ।

सर्वोच्च अदालतले नागरिकता प्रकरणमा पार्टी सभापतिसमेत रहेका रवि लामिछानेको सांसद र गृहमन्त्रीबाट पदमुक्त गरेपछि सत्ता साझेदारबीच खटपट आइरहेको बेला रास्वपाका सांसदहरूले आइतबारको बैठक बहिस्कार गरेका हुन् ।

सरकारबाट बाहिरिने कि नबाहिरिनेबारे रास्वपाको निर्णयक बैठक पार्टी कार्यालय बसुन्धारामा बसिरहेको छ । गृहमन्त्री नपाए सरकार छाड्ने धम्की दिँदै आएका रविले आइबार नै विशेष पत्रकार सम्मेलन गर्दैछन् ।

संसदमा १९ सिट रहेको रास्वपाका सांसद अनुपस्थित भएपछि सत्तापक्षका सांसदहरुको सिट खाली देखिएको छ। बैठकमा अनुपस्थित हुनेबारे रास्वपाले कुनै जानकारी नपाएको संसद सचिवालयले जानकारी दिएको छ ।