जाम्बियामा हैजाको प्रकोप बढ्दै

लुसाका । जाम्बियामा हैजाको प्रकोप बढ्दै गएको बताइएको छ । यहाँको वुहाबी जिल्लामा मात्र हैजाका सङ्क्रमितको सङ्ख्या कम्तीमा पनि ३६ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।
अधिकारीहरुका अनुसार गएको २४ घन्टामा सो जिल्लामा हैजाका सङ्क्रमित भेटिएका बताइएको छ । हैजाबाट एकजनाको ज्यान गएको छ भने अरु आठ जना अस्पतालमा गम्भीर अवस्थामा रहेका बताइएको छ । जाम्बियाको पूर्वी जिल्लामा हैजाको प्रकोप फैलिँदै गएको पाइएको बताइएको हो ।
आइतबारसम्म यहाँ यसका सङ्क्रमितहरु ३६ जना पुगेका र दिन प्रतिदिन बढ्दै गएकाले हैजाको नियन्त्रणका लागि यहाँका स्वास्थ्य अधिकारीहरुलाई आग्रह गरिएको छ । मलावीको सीमा क्षेत्रमा पर्ने उक्त जिल्लामा हैजाको प्रकोप बढ्दै गएको र सो जिल्लामा हैजा विरुद्धको खोप दिने काम भइरहेको जाम्बियाको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
सो क्षेत्रमा गत महिनादेखि नै यसको प्रकोप बढेको र त्यसपछि स्वास्थ्यकर्मीहरु खटाएर यसको उपचार र थप सतर्कता अपनाइएको भन्दै यहाँका १५ हजार पाँच सयभन्दा बढी व्यक्तिलाई हैजाका विरुद्धको खोप दिइएको सो मन्त्रालयले जनाएको छ ।
जाम्बियामा विगतका वर्षहरुमा पनि हैजाको प्रकोप फैलिने गरेको थियो । त्यसैले यहाँका स्वास्थ्य अधिकारीहरुले आम नागरिकलाई खानपिन र स्वास्थ्यमा ध्यान दिन आग्रह गरेका छन् ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया