पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालत पोखराको आदेश

काठमाडाैं । नाबालिक बलात्कार अभियोगमा जेल जीवन बिताइरहेका अभिनेता पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालत पोखराले आदेश दिएको छ ।
जिल्ला अदालत नवलपरासी पूर्वले शाहलाई नाबालिक बलात्कार मुद्दामा बाल योन दुरूपयोग आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । उक्त फैसलाविरूद्ध अभिनेता शाहले दिएको पुनरावेदनमाथि छलफल गर्दै सोमबार उच्च अदालतले निवेदन दिएकोमा प्रत्यर्थी झिकाउने आदेश दिएको हो ।
उच्च अदालतले दुबै तर्फकालाई उपस्थित गराउन आदेश दिएको छ ।
अभिनेता शाहले तनहुँ जिल्ल्ला अदालतबाट भने सफाइ पाइसकेका छन् ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया