काठमाडौं महानगरले माग्यो दश अनुसन्धानकर्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाले शहरी विकाससँग सम्बन्धित आयोजनाहरूको पहिचानमा सघाउ पर्याउने उद्देश्यका साथ दशजना अनुसन्धानकर्ता माग गरेको छ । महानगर रिसर्च फेलोसिप २०७९ नामक अनुसन्धान शोधवृत्ति कार्यक्रमको तेस्रो संस्करणका रूपमा ‘मेयरस् रिसर्च फेलोसिप प्रोग्राम २०२३’ सञ्चालन गर्ने भएको हो ।
महानगरपालिकाको सर्वाङ्गीण विकासका विभिन्न आयामसँग सम्बन्धित नीति निर्माणमा कार्यमूलक अनुसन्धानमार्फत शहरी विकासका आयोगना पहिचान गर्ने उद्देश्य यो फेलोसिपले लिएको छ ।
इच्छुक नेपाली अनुसन्धानकर्ताले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अनुसन्धान प्रस्ताव पेस गर्न सक्नेछन् । सूचना पहिलोपटक माघ १९ मा प्रकाशित भएको हो ।
अनुसन्धान प्रस्ताव काठमाडौं महानगरसँग सम्बन्धित विषयमा गर्न सकिनेछ । महानगरका अनुसार इतिहास, कला, संस्कृति, परम्परा, भाषा, साहिय, शहरी योजना, शहरी डिजाइन, वास्तुकला, भौतिक पूर्वाधार, स्थानीय आर्थिक विकास, विपद् व्यवस्थापन, कानुनलगायतका विषमा अनुसन्धान प्रस्ताव पेश गर्न सकिने छ ।
यस फेलोसिपमा सहभागी हुनका लागि इच्छुकले सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी दुई वर्षको अनुसन्धान, अध्यापन वा विषयगत कार्य अनुभव भएको हुनुपर्नेछ ।
अनुसन्धान अवधी ६ महिनाका लागि तोकिएको छ ।
ताजा अपडेट
-
विद्यालयकाे नाममा भ्रष्टाचार, तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा
-
प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको रङ्गशाला अवलोकन
-
गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ५२ जना पक्राउ
-
ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा
-
अरनिको राजमार्ग बिस्तार : धुलिखेल–साँगा सडकखण्डमा काम रोकियो
प्रतिक्रिया