कृषकका समस्या समाधानका लागि सरकारलाई दियो एमालेले ६ बुँदे सुझाव
काठमाडौं । सत्तारूढ दल एमालेले चितवन लगायत देशभरका किसानहरूले गरेको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार केन्द्रीय कार्यालय च्यासलमा बसेको एमालेको कृषि तथा पशुपन्छी विभागको बैठकले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न कृषि क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले सोही अनुसार कार्यक्रमको निर्माण र नीतिगत सुधारका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।
पार्टी अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेल र सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको उपस्थितिमा बसेको बैठकले मन्त्री साहको ध्यानाकर्षण गराएको हो । बैठकले तत्काल सरकारले गर्नुपर्ने कामबारे ६ बुँदे सुझाव दिएको छ ।
उत्पादन भएको बस्तुहरूको उचित मूल्य नपाएको भन्दै चितवनलगायत देशभरका किसानहरूले सडकमा तरकारी फालेर विरोध जनाएका थिए ।
यस्ता छन् एमालले सरकारलाई दिएको सुझावहरू :
१.मलको सहज आपूर्तिको सुनिश्चितता गर्ने । साथै, वनस्पति र कुहिने फोहरबाट उत्पादन गर्न सकिने आधुनिक कम्पोस्ट प्लान्ट उत्पादन केन्द्रहरु स्थापना गरी रासायनिक मलको बैकल्पिक व्यवस्था गर्ने ।
२. किसानको पहिचान, वर्गीकरण र सूचीकरण गरी परिचयपत्रको व्यवस्था गर्ने ।
३. उत्पादित कृषि उपजहरुको समर्थन मूल्य निर्धारण र बजारीकरणको सहज व्यवस्था गर्ने ।
४. कृषि बालीमा खुला पशु तथा वन्यजन्तुको आक्रमणको समस्यालाई दीर्घकालीन व्यवस्थापन गर्ने ।
५. हाल संचालनमा रहेका कृषि उपज बजारहरुको प्रभावकारी नियमन गर्ने । कृषि बजारहरुमा स्थानीय उत्पादनहरु ब्रिकी वितरणलाई प्राथमिकता दिने। किसान र व्यापारीबीचको अक्सन सेन्टरको विकास गरी सप्लाई चेनको दुरी कम गर्ने ।
६. वाणिज्य बैङ्कहरुबाट प्रदान गरिने सहुलियत दरको कृषि कर्जा कार्यान्वयनकोअवस्था अध्ययन गरी वास्तविक किसानहरुले सहज रुपमा प्राप्त गर्ने प्रभावकारी संयन्त्र निर्माण गर्ने ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया