पेरुमा पहिरो : ३६ जनाको मृत्यु
![पेरुमा पहिरो : ३६ जनाको मृत्यु](http://nepalwatch.com/wp-content/uploads/2023/02/peru.webp)
लिमा । पेरुमा पहिरोमा परेर कम्तीमा ३६ जनाको ज्यान गएको बताइएको छ । पेरुको दक्षिणी प्रान्त क्यामानामा गएको पहिरोमा परी उनीहरुको ज्यान गएको हो ।
दक्षिणी प्रान्त क्यामानाको अरेकिपा क्षेत्रमा आएको पहिरोमा परेर अरु पनि कैयौँ व्यक्ति हराएका छन् । उनीहरु पुरिएको आशंका गरिएको बताइएको छ ।
सोमबार आएको पहिरोबाट सोमबार रातिसम्म ३६ जनाको ज्यान गएको बताइएको छ । नेसनल सिभिल डिफेन्सका अधिकारीहरुका अनुसार पहिरोमा परेर मृत्यु भएकाहरुको शव राजमार्गमा भेटिएको थियो भने अरु कैयौँ व्यक्ति पुरिएको आशंकामा खोजी जारी राखिएको छ ।
यस प्रान्तमा गएको एक हप्तादेखि भारी मात्रामा वर्षा जारी रहेको छ । सो वर्षाका कारण यहाँका राजमार्गहरुमा पनि क्षति पुगेको छ । सो वर्षा र बाढीका कारण यहाँ पहिरो आएको र यस प्रान्तका कैयौँ क्षेत्रमा भारी वर्षाले हजारौं मानिस प्रभावित भएका छन् ।
प्रभावित भएका व्यक्तिहरुको उद्धारका लागि यहाँको सरकारले सुरक्षा निकाय तथा कैयौँ उद्धारकर्मी खटाइएको जनाएको छ ।
ताजा अपडेट
-
‘पानोर्मा फार्मेसी’ लाई कारवाही गर्न औषधि व्यवस्था विभागलाई सिफारिस
-
सरकारले मापदण्डविपरित टुक्रे आयोजनामा बजेट बाँड्यो : पूर्वअर्थमन्त्री महत
-
‘बीमा कम्पनीहरू परम्परागत रूपमा नभई आधुनिक समयअनुसार अघि बढ्नुपर्छ’
-
नेपाल-चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तारमा शैक्षिक मेला उपयोगी : नारायणकाजी श्रेष्ठ
-
कोशी प्रदेशसभा : राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल
प्रतिक्रिया