विषालु सर्पसँग ‘स्टन्ड’ गर्दा उद्धारकर्मीको मृत्यु
एजेन्सी । भारतमा एक सर्प उद्धारकर्मीले जिवितै विषालु सर्पलाई आफ्नो मुखभित्र हालेर स्टन्ड देखाउँदा उद्धारकर्मीको मृत्यु भएको छ ।
एक स्थानियको घरमा सर्प पसेपछि उनलाई उद्धारका लागि बोलाइएको थियो । उनले उक्त विषालु सर्पलाई समातेर आफ्नो मुख नजिक ल्याइ हाल्ने र निकाल्ने तथा चुक्बन गर्ने जस्ता गतिविधि गरिरहेका थिए । सो गतिविधि गर्दा नै उनलाई सर्पले टोकेको भारतीय सञ्चार माध्यममा जनाइएको छ ।
स्थानियले उनलाई स्टन्डवाजी नगर्न आग्रह गरे पनि उनले स्टन्डवाजी नछाडेको समाचारमा उल्लेख छ । उनलाई सर्पले टोकेपछि उपचारका लागि अस्पतालमा लगिएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया