लुम्बिनीमा आज राष्ट्रियसभा उपनिर्वाचन हुँदै
काठमाडौं । लुम्बिनीको रिक्त राष्ट्रियसभा सदस्यका लागि आज उपनिर्वाचन हुँदैछ ।
नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त हुन पुगेको सिटमा बुधबार उपनिर्वाचन हुन लागेको हो ।
निर्वाचनका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रलाई मतदान केन्द्र तोकिएको छ ।
राष्ट्रिय सभा सदस्यका लागि तीन उम्मेदवार आमनेसामने छन् ।
सत्तारूढ दलका तर्फबाट एमालेका कुमार दसौदी, कांग्रेसबाट माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय उम्मेदवार छन् । नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गरेको भए पनि उम्मेदवारी दिएको छ ।
रष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुने संवैधानिक व्यवस्था छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया