सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, नाउपाले के गर्ला ?
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले आज विश्वासको मत लिने भएका छन् ।
पदमा नियुक्त भएको ३० दिनभित्र मुख्यमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोहीअनुरूप नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २७ पुसमा मुख्यमन्त्री नियुक्त रावलले बुधबार विश्वासको मत लिन लागेका हुन् ।
सुदूरपश्चिम प्रदेशसभा सचिवालयले बुधबार बस्ने बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको जानकारी दिएको छ ।
विश्वासको मत हािसल गर्न रावलले २७ सांसदको समर्थन हासिल गर्नुपर्ने हुन्छ । तर रावललाई समर्थन गरेको दलमध्येको एक नागरिक उन्मुक्ति पार्टी अनिर्णित छ । उसले सरकार गठनका बेला जनाइएको रेशम चौधरीको रिहाइ गर्ने प्रतिबद्धता कार्यान्वयन हुनुपर्ने अडान लिँदै आएको छ । त्यसैले रावलले विश्वासको मत पाउने, नपाउने नागरिक उन्मुक्ति पार्टीको हातमा छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया