कांग्रेसलाई प्रतिपक्षी दलको मान्यता दिएकोमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले कांग्रेसलाई प्रतिपक्षी दलको मान्यता दिएकोमा कारण देखाउ आदेश जारी गरेको छ ।
सरकारलाई समर्थन गरेको कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिएको भन्दै अधिवक्ता विमल पोखरेलले सर्वोच्चमा दायर गरेको रिटमा उक्त आदेश दिएको हो ।
बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले कारण देखाऊ आदेश जारी गरेको सर्वोच्च प्रशासनले जनाएको छ । साथै मुद्दाका दुवै पक्षलाई बहसका लागि बोलाएको छ।
कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएकाले विपक्षी दलको मान्यता नपाउने जिकिर गर्दै पोखरेलले मुद्दा दयर गरेका हुन् ।
सर्वोच्च प्रशासनका अनुसार दुवै पक्षको छलफलपछि रिट निवेदकले मागे अनुसारको अन्तरिम आदेश दिने वा नदिनेबारे आदेश गर्नेछ।
ताजा अपडेट
-
११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिट्यान्स भित्रियो
-
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिष्कार
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
प्रतिक्रिया