कांग्रेसलाई प्रतिपक्षी दलको मान्यता दिएकोमा सर्वोच्चको कारण देखाउ आदेश
काठमाडौं । सर्वोच्च अदालतले कांग्रेसलाई प्रतिपक्षी दलको मान्यता दिएकोमा कारण देखाउ आदेश जारी गरेको छ ।
सरकारलाई समर्थन गरेको कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिएको भन्दै अधिवक्ता विमल पोखरेलले सर्वोच्चमा दायर गरेको रिटमा उक्त आदेश दिएको हो ।
बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले कारण देखाऊ आदेश जारी गरेको सर्वोच्च प्रशासनले जनाएको छ । साथै मुद्दाका दुवै पक्षलाई बहसका लागि बोलाएको छ।
कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएकाले विपक्षी दलको मान्यता नपाउने जिकिर गर्दै पोखरेलले मुद्दा दयर गरेका हुन् ।
सर्वोच्च प्रशासनका अनुसार दुवै पक्षको छलफलपछि रिट निवेदकले मागे अनुसारको अन्तरिम आदेश दिने वा नदिनेबारे आदेश गर्नेछ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया