राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका कुमार दसौंदी निर्वाचित

काठमाडौं । लुम्बिनी प्रदेशमाको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित भएका छन् । उनी ४ हजार २६ मतसिहत निर्वाचित भएका हुन् ।
उनले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गरेका हुन् । कांग्रेसका आचार्यले ३ हजार ७२० र नाउपाका रायले १९२ मत पाएका छन् ।
दसौंदीलाई सत्ता गठबन्धनका दलको समर्थन थियो । नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त हुन पुगेको सिटमा बुधबार उपनिर्वाचन भएकाे हाे ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया