विवेकशीलको महाधिवेशन माघ २७ देखि, बाबुराम अतिथि
काठमाडौं । विवेकशील साझा पार्टीको महाधिवेशनमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई अतिथि हुने भएका छन् ।
पार्टी अध्यक्ष समिक्षा बास्कोटाले समाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईले महाधिवेशनको निमन्त्रण स्वीकारेको जानकारी दिएकी छिन् ।
‘निम्तो स्विकारोक्तीका लागि हार्दिक कृतज्ञता । नेपालको वैकल्पिक राजनीतिका प्रवल अभ्यासकर्ता पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई विवेकशील साझा पार्टीको ऐतिहासिक महाधिवेशनको निमन्त्रणा स्वीकारका लागि हार्दिक धन्यवाद,’ उनले लेखेकी छिन् ।
पार्टीले यही माघ २७ र २८ गते राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन गर्ने भएको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया