माओवादीले थप्यो दुई उपाध्यक्ष
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पूर्वसभामुख अग्नि सापकोटालाई उपाध्यक्ष बनाएको छ । साथै उपमहासचिव पम्फा भुसाललाई पनि बढुवा गरेर उपाध्यक्ष बनाइएको छ ।
माओवादी केन्द्रले आज सर्कुलर जारी गरी सापकोटा र भुसाललाई पार्टी उपाध्यक्षमा बढुवा गरिएको जनाएको छ । यसअघि नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष थिए ।
पूर्वसभामुख सापकोटा पार्टीको कुनै पनि जिम्मेवारीमा रहेका थिएनन् ।
उपमहासचिवमा भुसालसँगै हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, मातृका यादव र शक्ति बस्नेत रहेका छन् । भुसालको भने बढुवा भएको हो ।
त्यसैगरी सचिवमा गणेश साह, दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्य रहेका छन् । कोषाध्यक्षमा श्रीराम ढकाल छन् ।
योसँगै माओवादी केन्द्रमा पदाधिकारी २२ जना, स्थायी समिति सदस्य ४४ जना, केन्द्रीय समिति सदस्य तीन सय ८६ र वैकल्पिक केन्द्रीय समिति सदस्य दुई सय दुई जना भएका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया