गोरखाको प्रमुख जिल्ला अधिकारीमा भुसाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रसमेत रहेको गोरखामा दिनेशसागर भुसाल प्रमुख जिल्ला अधिकारी भएर गएका छन् ।
यसअघिका सिडिओ शंकरहरि आचार्य कपिलवस्तु सरुवा भएपछि सिराहाका लालबाबु कवारीलाई सिडिओको रुपमा पठाउने निर्णय भएको थियो ।
विवादका कारण कवारीलाई फिर्ता गरिएपछि उनको ठाउँमा भुसालाई पठाइएको हो । गृहमन्त्रीकोसमेत जिम्मेवारी लिएका प्रचण्डले भुसाललाई सिडिओ बनाएर पठाएका हुन् ।
भुसाल यसअघि कर्णाली प्रदेशका आन्तरिक मामिला मन्त्रालयका सचिव थिए । २०७३ मा प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा उनी सचिवालयमा थिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया