गोरखाको प्रमुख जिल्ला अधिकारीमा भुसाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रसमेत रहेको गोरखामा दिनेशसागर भुसाल प्रमुख जिल्ला अधिकारी भएर गएका छन् ।
यसअघिका सिडिओ शंकरहरि आचार्य कपिलवस्तु सरुवा भएपछि सिराहाका लालबाबु कवारीलाई सिडिओको रुपमा पठाउने निर्णय भएको थियो ।
विवादका कारण कवारीलाई फिर्ता गरिएपछि उनको ठाउँमा भुसालाई पठाइएको हो । गृहमन्त्रीकोसमेत जिम्मेवारी लिएका प्रचण्डले भुसाललाई सिडिओ बनाएर पठाएका हुन् ।
भुसाल यसअघि कर्णाली प्रदेशका आन्तरिक मामिला मन्त्रालयका सचिव थिए । २०७३ मा प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा उनी सचिवालयमा थिए ।
ताजा अपडेट
-
११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिट्यान्स भित्रियो
-
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिष्कार
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
प्रतिक्रिया