NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

अल नासरको जितमा रोनाल्डोको ४ गोल

काठमाडौं । क्रिष्टियानो रोनाल्डो एक्लैको ४ गोलको मद्दतमा अल नासरले साउदी प्रो लिगमा जित हासिल गरेको छ ।

गएराति सम्पन्न खेलमा नासरले अल वेह्दालाई ४–० को फराकिलो गोलान्तरमा जित हासिल गरेको हो ।

२१ औं मिनेटमा गोलको खाता खोलेका रोनाल्डोले त्यसपछि ४० औं, ५३ औं र ६१ औं मिनेटमा गोल गरेर नासरलाई फराकिलो जित दिलाए ।

योसँगै नासर १६ खेलमा ३७ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ