NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

जसलाई जेल पठाउन चाहन्थिन् उसैसँग विवाह गरिन्

काठमाठौं । कुमारी आमा निहारिका राजपुतले शिवराज श्रेष्ठसँग विवाह गरेकी छिन् । उनीहरुले जनकपुरधामको जानकी मन्दिरमा विवाह गरेका हुन् ।

राजपूतले आफू बलात्कारमा परेको भन्दै बलात्कारको आरोप लगाउँदै शिवराज विरुद्ध अदालतमा उजुरी समेत गरेकी निहारिकाले उनीविरुद्ध अंश मुद्दासमेत हालेकी थिइन् । उनले न्यायको माग गर्दै आमरण अनशन र आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेकी थिइन् ।

उनीहरुबीच माघमा १७ मा जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र भएको थियो ।