चार कम्युनिष्ट पार्टीबीच एकता हुने
काठमाडौं । चार कम्युनिष्ट पार्टीबीच एकता हुने भएको छ ।
नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टटेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टीबीच एकता हुनेबारे छलफल भएको छ ।
यद्यपी पार्टी एकता गरिहाल्नेबारे ठोस निर्णय भइसकेको छैन ।
आज काठमाडौंस्थित बुद्धनगरमा बसेको चार कम्युनिस्ट पार्टीको बैठकले पार्टीबीच एकताबारे टुंगो लगाउन १५ फागुनमा अन्तिम बैठक बस्ने निर्णय गरेको छ ।
वर्तमान रजनैतिक अवस्थालाई मध्यनजर गर्दै संकटपूर्ण अवस्थालाई दृष्टिगत गरी यस्तो निर्णय लिइएको जनाइएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया