NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

चार कम्युनिष्ट पार्टीबीच एकता हुने

काठमाडौं । चार कम्युनिष्ट पार्टीबीच एकता हुने भएको छ ।

नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टटेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टीबीच एकता हुनेबारे छलफल भएको छ ।

यद्यपी पार्टी एकता गरिहाल्नेबारे ठोस निर्णय भइसकेको छैन ।

आज काठमाडौंस्थित बुद्धनगरमा बसेको चार कम्युनिस्ट पार्टीको बैठकले पार्टीबीच एकताबारे टुंगो लगाउन १५ फागुनमा अन्तिम बैठक बस्ने निर्णय गरेको छ ।

वर्तमान रजनैतिक अवस्थालाई मध्यनजर गर्दै संकटपूर्ण अवस्थालाई दृष्टिगत गरी यस्तो निर्णय लिइएको जनाइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष