टर्की र सिरियालाई ८५ मिलियन डलर सहयोग गर्ने अमेरिकी घोषणा
काठमाडौं (एजेन्सी) । अमेरिकी सरकारको शीर्ष मानवीय सहायता संस्था युएसएआइडीले भूकम्पको सामना गर्न टर्की र सिरियालाई ८ करोड ५० लाख डलर सहयोग गर्ने घोषणा गरेको छ ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) ले दिएको यो सहयोग खाद्यान्न, पानी र स्वास्थ्य सामग्रीका साथै कडा चिसोबाट बच्न खर्च गरिनेछ ।
भूकम्प प्रभावित दुई देशलाई विश्वभरबाट सहयोग प्राप्त भइरहेका बेला अमेरिकाको यो निर्णय आएको हो । हालसम्म यी दुई देशमा भूकम्पका कारण २२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
यो प्रकोपसँग जुध्न तत्कालै राहत सामग्री उपलब्ध नभए चिसोका कारण धेरैको ज्यान जान सक्ने उद्धारकर्ताले चेतावनी दिएका छन् ।
युएसएआईडीले आफ्नो विज्ञप्तिमा भनेको छ कि यसको मद्दत मानिसहरूलाई सुरक्षित र स्वस्थ राख्न प्रयोग गरिनेछ ।
युएसआइडीका निर्देशक सामन्था पावरका अनुसार, अमेरिकाले पहिले नै विपद् सहायता टोली पठाइसकेको छ, जसले हाल टर्कीको अदियामान, अडाना र अंकारामा मद्दत गरिरहेको छ।
टोलीमा विज्ञ, १५९ उद्धारकर्मी र १२ कुकुर छन् ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया