टर्की र सिरियालाई ८५ मिलियन डलर सहयोग गर्ने अमेरिकी घोषणा

काठमाडौं (एजेन्सी) । अमेरिकी सरकारको शीर्ष मानवीय सहायता संस्था युएसएआइडीले भूकम्पको सामना गर्न टर्की र सिरियालाई ८ करोड ५० लाख डलर सहयोग गर्ने घोषणा गरेको छ ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) ले दिएको यो सहयोग खाद्यान्न, पानी र स्वास्थ्य सामग्रीका साथै कडा चिसोबाट बच्न खर्च गरिनेछ ।
भूकम्प प्रभावित दुई देशलाई विश्वभरबाट सहयोग प्राप्त भइरहेका बेला अमेरिकाको यो निर्णय आएको हो । हालसम्म यी दुई देशमा भूकम्पका कारण २२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
यो प्रकोपसँग जुध्न तत्कालै राहत सामग्री उपलब्ध नभए चिसोका कारण धेरैको ज्यान जान सक्ने उद्धारकर्ताले चेतावनी दिएका छन् ।
युएसएआईडीले आफ्नो विज्ञप्तिमा भनेको छ कि यसको मद्दत मानिसहरूलाई सुरक्षित र स्वस्थ राख्न प्रयोग गरिनेछ ।
युएसआइडीका निर्देशक सामन्था पावरका अनुसार, अमेरिकाले पहिले नै विपद् सहायता टोली पठाइसकेको छ, जसले हाल टर्कीको अदियामान, अडाना र अंकारामा मद्दत गरिरहेको छ।
टोलीमा विज्ञ, १५९ उद्धारकर्मी र १२ कुकुर छन् ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया