NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

पाकिस्तानका दिग्गज कवि तथा नाटककार अमजदको निधन

काठमाडौं (एजेन्सी) । पाकिस्तानका दिग्गज कवि तथा नाटककार अमजद इस्लाम अमजदको निधन भएको छ । ७८ वर्षीय अमजदको शुक्रबार हृदयातका कारण निधन भएको हो ।

गायक अदनान सामीले इन्स्टाग्राममा दिग्गज कवि अजमद इस्लाम अमजद साहिबले उनको निधन भएको पुष्टि गरेका छन् । उनले अजमदको निधनप्रति दुःख व्यक्त गर्दै उनी साहित्यिक प्रतिभा मात्र नभएर धेरै उदार र मिलनसार व्यक्ति भएको टिप्पणी गरेका छन् ।

अमजद इस्लामको जन्म सन् १९४४ मा लाहोरमा भएको थियो । उनी प्रेम र रोमान्टिक कविताका लागि परिचित थिए। आफ्नो रचनामार्फत साहित्यमा पुर्याएको योगदानको मूल्यांकन गर्दै उनलाई ‘प्रदर्शनको गौरव’, ‘सितारा–ए–इम्तियाज’लगायत कैयन् उपाधिबाट सम्मानित गरिएको थियो ।

बलिउडसँग पनि उनको गहिरो सम्बन्ध थियो । वारिस, समन्दर, वक्त, दहलीज, रात र आफ्नो लग उनका चर्चित नाटक हुन् । यसबाहेक उनले अफ्रिकी कविहरूको कवितालाई उर्दूमा अनुवाद गरेका थिए । चर्चित बलिउड गीत मन की लगान पनि उनकै सिर्जना थियो ।