सडक दुर्घटनामा छ जना प्रहरीसहित सातको मृत्यु
मनिला । दक्षिणी फिलिपिन्समा शनिबार भएको सवारी दुर्घटनामा छ जना प्रहरी अधिकृतसहित सात जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् ।
मिसामिस ओरिएन्टल प्रान्तमा दुईवटा यात्रुवाहक भ्यान दुर्घटना हुँदा उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ । दुवै भ्यान इलिगान सिटीबाट कागायन डे ओरो सिटीतर्फ गइरहेका बेला मालबाहक ट्रकलाई उछिन्न खोज्दा उक्त दुर्घटना भएको हो । दुर्घटनामा १९ जना प्रहरी घाइते भएका छन्भने एक जनाको अवस्था गम्भीर छ ।
यसैबीच, जापानको तोचिगी प्रिफेक्चरस्थित तीनवटा आवासीय घरमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान तीनवटा घरमा आगो लाग्दा दुई जना पुरुषको ज्यान गएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । तीनवटै घर पूर्णरूपमा नष्ट भएका छन् ।
तीनघण्टापछि आगो निभाइएको थियो । सुरक्षा अधिकारीहरू आगलागीको कारण पत्ता लगाउन तथा मृतकको पहिचानमा जुटेका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया