सडक दुर्घटनामा छ जना प्रहरीसहित सातको मृत्यु
मनिला । दक्षिणी फिलिपिन्समा शनिबार भएको सवारी दुर्घटनामा छ जना प्रहरी अधिकृतसहित सात जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् ।
मिसामिस ओरिएन्टल प्रान्तमा दुईवटा यात्रुवाहक भ्यान दुर्घटना हुँदा उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ । दुवै भ्यान इलिगान सिटीबाट कागायन डे ओरो सिटीतर्फ गइरहेका बेला मालबाहक ट्रकलाई उछिन्न खोज्दा उक्त दुर्घटना भएको हो । दुर्घटनामा १९ जना प्रहरी घाइते भएका छन्भने एक जनाको अवस्था गम्भीर छ ।
यसैबीच, जापानको तोचिगी प्रिफेक्चरस्थित तीनवटा आवासीय घरमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान तीनवटा घरमा आगो लाग्दा दुई जना पुरुषको ज्यान गएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । तीनवटै घर पूर्णरूपमा नष्ट भएका छन् ।
तीनघण्टापछि आगो निभाइएको थियो । सुरक्षा अधिकारीहरू आगलागीको कारण पत्ता लगाउन तथा मृतकको पहिचानमा जुटेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया