गेटा मेडिकल कलेजलाई दशरथचन्द विश्वविद्यालयका रुपमा विकास गर्ने प्रचण्डको आश्वासन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलालीको गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो शहीद दशरथचन्द राष्ट्रिय विश्वविद्यालयका रुपमा विकास गर्ने आश्वासन दिएका छन् ।
सुदूरपश्चिम क्षेत्रका पूर्व तथा बहालवाला जनप्रतिनिधि, विषय विशेषज्ञ, नेपाल सरकारका मुख्यसचिव, शिक्षा तथा स्वास्थ्य सचिव लगायतसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।
यससम्बन्धी थप घोषणा सोमबार सुदूरपश्चिमको कैलाली र कञ्चनपुर भ्रमणका अवसरमा गर्ने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएका छन् । प्रधानमन्त्री दाहाल सोमबार कैलाली र कञ्चनपुरको भ्रमणमा जाने कार्यक्रम रहेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया