NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

गेटा मेडिकल कलेजलाई दशरथचन्द विश्वविद्यालयका रुपमा विकास गर्ने प्रचण्डको आश्वासन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलालीको गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो शहीद दशरथचन्द राष्ट्रिय विश्वविद्यालयका रुपमा विकास गर्ने आश्वासन दिएका छन् ।

सुदूरपश्चिम क्षेत्रका पूर्व तथा बहालवाला जनप्रतिनिधि, विषय विशेषज्ञ, नेपाल सरकारका मुख्यसचिव, शिक्षा तथा स्वास्थ्य सचिव लगायतसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।

यससम्बन्धी थप घोषणा सोमबार सुदूरपश्चिमको कैलाली र कञ्चनपुर भ्रमणका अवसरमा गर्ने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएका छन् । प्रधानमन्त्री दाहाल सोमबार कैलाली र कञ्चनपुरको भ्रमणमा जाने कार्यक्रम रहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष