अफगानिस्तानमा ठूलो परिमाणमा हातहतियार बरामद
अफगानिस्तान । अफगान प्रहरीले उत्तरी बाघलान प्रान्तबाट ठूलो परिमाणमा हातहतियार बरामद गरेको छ ।
यहाँस्थित एउटा घरमा छापा मारेर सुरक्षाकर्मीले विभिन्न किसिमका हतियार र गोलाबारुद बरामद गरेका प्रान्तीय प्रहरी प्रवक्ता मौलावी शिर अहमद बुर्हानीले बताएका छन् । गोप्य सूचनाका आधारमा छापा मारेर सुरक्षाकर्मीले एक थान रकेट प्रोपेल्ड ग्रेनेड, पाँच थान एके –४७, १३ थान पेस्तोल र भारी मात्रामा ग्रिनेड नियन्त्रणमा लिएको छ ।
हालैका दिनमा सुरक्षा बलले बगलान, छिमेकी कुन्दुज र समङ्गन प्रान्तबाट हजारौँ हातियार र गोलाबारुद बरामद गरेको छ । वर्षौँको युद्धबाट तहसनहस भएको अफगान सरकारले देशमा शान्ति, सुरक्षा एवम् स्थायित्व कायम गर्न सुरक्षा निकायबाहेक अन्यलाई हतियार राख्न नदिने नीति लिएको छ भने त्यस्ता हातहतियार सम्बन्धित व्यक्तिबाट जफत गर्ने वाचा गरेको छ ।
ताजा अपडेट
-
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ


प्रतिक्रिया