NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

जनयुद्ध दिवसमा बिदा दिने निर्णय ऐतिहासिक : प्रचण्ड

जनयुद्धले वैधानिकता पायो, यसबाट प्राप्त उपलब्धि साझा सम्पत्ति

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढिलै भए पनि जनयुद्ध दिवसले वैधानिकता पाएको बताएका छन् । फागुन १ लाई जनयुद्ध दिवसका रूपमा मनाउन सरकारको निर्णयसँगै यसले वैधानिकता पाएको प्रचण्डको भनाइ छ ।

‘फागुन १ लाई जनयुद्ध दिवसका रूपमा मनाउने सरकारको निर्णयसँगै यसले वैधानिकता पाएको छ,’ जनयुद्ध दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले भने ।

यो निर्णयसँगै जनयुद्ध माओवादीको मात्र नभएर राष्ट्रकै सम्पत्ति बन्न पुगेको पनि उनले दाबी गरे ।

फागुन १ मा सार्वजनिक बिदा दिने निर्णयको चौतर्फी आलोचना भइरहेका बेला प्रचण्डले परिवर्तनन ल्याउने प्रमुख ऐतिहासिक आन्दोलनको औचित्य सिद्ध गर्न दिवस मनाउने निर्णय गरिएको स्पष्टीकरण दिए ।

‘परिवर्तन ल्याउने प्रमुख ऐतिहासिक आन्दोलनको औचित्य सिद्ध गर्न पनि दिवस मनाउनुपर्ने खाँचो थियो । त्यसैका लागि यो ऐतिहासिक निर्णय गरिएको हो,’ उनले अगाडि थपे ।

‍जनयुद्ध आफू नेतृत्वमा भए पनि पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण परिवर्तनकारी नेपालीको चाहनामा भएकाले यसबाट स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताए।

ताजा अपडेट

नेपालवाच विशेष