NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

२० रूपैयाँको ३१ करोड थान नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई

काठमाडौ । नेपाल राष्ट्र बैंकले २० रूपैयाँ दरका ३१ करोड थान नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ ।

राष्ट्र बैंकले २० रूपैयाँ दरका नोट छाप्ने जिम्मा चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ तथा मिन्टिङ कर्पोरेसनलाई दिएको हो ।

रराष्ट्र बैंकले आव्हान गरेको टेन्डर प्रक्रियामा तीनवटा कम्पनी प्राविधिक रुपमा सफल भएका थिए । उक्त चिनियाँ कम्पनीसहित भारत र फ्रान्सको कम्पनी पनि टेण्डरमा सहभागी भएका थिए ।

बोलपत्रमा सबैभन्दा कम रकममा नोट डिजाइन, छपाई र आपूर्ति गर्ने प्रस्ताव उक्त कम्पनीले गरेको केन्द्रीय बैंकको आशयपत्रमा उल्लेख छ ।