यातायात व्यवसायीको आन्दोलनपछि फेरिए बालाजुका डिएसपी
काठमाडौं । आइतबार बालाजु परिसरमा यातायात व्यवसायी र मजदुरहरूले आन्दोलन मच्चाएपछि प्रहरी वृत्त बालाजुका प्रहरी नायब (उपरिक्षक)लाई जिम्मेवारीबाट मुक्त गराइएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक तथा प्रवक्ता हिमालय कुमार श्रेष्ठका अनुसार घटना पछि सुरक्षा व्यवस्था थप बलियो बनाउनका लागि डिएसपी रबिन विष्टको जिम्मेवारी हेरफेरि गरिएको हो । उनको ठाउँ अहिले डीएसपी मनोजित कुवँरले सम्हालेका छन् ।
आइतबार भएको उक्त घटनामा आन्दोलनकारीले प्रहरीको दुईवटा भ्यान जलाएका थिए भने दुईवटा प्रहरी पोष्टमा क्षति पुर्याएका थिए ।
घटनामा ६४ जना प्रहरी घाइते भएका छन् । श्रेष्ठकाअनुसार १२ आन्दोलनकारी पक्राउ परिसकेका छन् भने अन्यको खोजी कार्य जारी छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया