यातायात व्यवसायीको आन्दोलनपछि फेरिए बालाजुका डिएसपी
काठमाडौं । आइतबार बालाजु परिसरमा यातायात व्यवसायी र मजदुरहरूले आन्दोलन मच्चाएपछि प्रहरी वृत्त बालाजुका प्रहरी नायब (उपरिक्षक)लाई जिम्मेवारीबाट मुक्त गराइएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक तथा प्रवक्ता हिमालय कुमार श्रेष्ठका अनुसार घटना पछि सुरक्षा व्यवस्था थप बलियो बनाउनका लागि डिएसपी रबिन विष्टको जिम्मेवारी हेरफेरि गरिएको हो । उनको ठाउँ अहिले डीएसपी मनोजित कुवँरले सम्हालेका छन् ।
आइतबार भएको उक्त घटनामा आन्दोलनकारीले प्रहरीको दुईवटा भ्यान जलाएका थिए भने दुईवटा प्रहरी पोष्टमा क्षति पुर्याएका थिए ।
घटनामा ६४ जना प्रहरी घाइते भएका छन् । श्रेष्ठकाअनुसार १२ आन्दोलनकारी पक्राउ परिसकेका छन् भने अन्यको खोजी कार्य जारी छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया