NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

पूर्व बैंकर रविना देशराजले गरिन् इन्गेजमेन्ट

काठमाडाैं । भ्यालेन्टाइन्स डेको दिनमा पूर्व बैंकर रविना देशराज श्रेष्ठले प्रेमी स्टुअर्ट अलेक्जेन्डरसँग इन्गेजमेन्ट गरेकी छिन् ।

आफूले इन्गेजमेन्ट गरेकोबारे उनले सामाजिक सञ्जालमा लेखेकी छिन् भने इन्स्टाग्राममा फोटो हालेकी छिन् । अहिले उनलाई धेरैले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

उनले प्रेमीसँगको फोटो सेयर गर्दै लेखेकी छिन्, ‘मैले धेरै वर्षदेखि प्रतीक्षा गरिरहेको उनको प्रस्तावलाई स्वीकार गरेँ ।’ ‘बधाइ छ, नयाँ सुरुवात’ भन्दै अभिनेत्री तथा रबिनाकी बुहारी प्रियंका कार्कीले पनि इन्गेजमेन्टका केही सामाजिक सञ्जालमा तस्बिर सेयर गरेकी छिन्।

ताजा अपडेट

नेपालवाच विशेष