मेयर शाहसँग तत्काल जरिवाना नलिन निर्वाचन आयोगलाई सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग तत्काल जरिवाना नलिन अन्तरिम आदेश जारी गरेको छ ।
बुधबार संवैधानिक इजलासले निर्वाचन खर्च विवरण समयमा नबुझाएको आधारमा शाहसँग जरिवाना नअसुल्न अन्तरिम आदेश दिएको हो ।
तोकिएको समयमा निर्वाचनको खर्च विवरण नबुझाउनेहरुले जरिवाना बुझाउनुपर्ने भनी निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध मेयर शाहले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । सोही मुद्दामा सुनुवाई गर्दै सर्वोच्च अदालतले आन्तरिम आदेश दिएपछि समयमा जरिवाना नतिर्ने जनप्रतिनिधिहरूलाई राहत मिलेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया