नेता चन्द्र भण्डारी ग्यास सिलिण्डर विस्फोट हुँदा गम्भीर घाइते
काठमाडौं । प्रतिनिधिसभाका सदस्यसमेत रहेका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी ग्यास सिलिण्डर विस्फोट हुँदा गम्भीर घाइते भएका छन्।
गएराति बुद्धनगरस्थित निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा उनीसँगै उनको ८६ वर्षीया आमासमेत घाइते भएकी छन् ।
उनीहरूको कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचार जारी छ।
चिकित्सकहरूका अनुसार चन्द्रको शरीरको करिब २५ प्रतिशत भाग र आमाको ७० प्रतिशत भागमा असर गरेको छ।
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ग्यास सिलिण्डर विस्फोटबाट घाइते नेता भण्डारी र उनकी आमाको उपचार जारी रहेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
महामन्त्री शर्मा कीर्तिपुरस्थित अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर फर्किएका हुन्।
भण्डारी गुल्मी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा उनी एमाले नेता प्रदीप ज्ञवालीलाई परास्त गर्दै विजयी भएका थिए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया