NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

भण्डारी परिवारमा १८ महिना नपुग्दै अर्को विपत्ति

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा गुल्मी क्षेत्र नं. १ का प्रतिधिनिसभा सदस्य डा. चन्द्र भण्डारीको परिवारमा १८ महिनामै अर्को विपत्ती आइलागेको छ ।

१६ असार, २०७८ मा सवारी दुर्घटनामा परी भण्डारीको भाइ डा. शंकर भण्डारीको निधन भएको थियो । भाइ गुमाएको डेढ वर्षमा बुधबार राति ग्यास सिलिण्डर बिस्फोटमा परी ६१ वर्षका भण्डारी गम्भीर घाइते भएका छन् । उनका ८६ वर्षीय आमा हरिकला भण्डारीकाे निधन भएकाे छ ।

बुद्धनगरस्थित निवासमा नेता भण्डारी आमासहित परिवारका सदस्यसँग केही वर्षदेखि बस्दै आएका थिए । घाइते भण्डारी र उनकी आमाको कीर्तिपुरस्थित वर्न अस्पतालको आकस्मिक विभागमा उपचारका लागि लगिएकाे थियाे । तर उनकाे आमाको उपचारकाे त्रममा बिहान ११ बजेर ५७ मिनेटमा निधन भएकाे अस्पतालका निर्देशक डा. निजिमा ताम्राकारले जानकारी दिइन्।

सांसद भण्डारीको अनुहार, दुबै हात र दुवै गोडाहरूमा गरी २५–३०% र आमाको जीउको अधिकांश भागमा गरी ७०% जलन भएको तथा दुवै जनाको स्वासनलीमा तातो हावा र धुवाँको कारणले जलन भएकोहुनसक्ने अस्पतालले जानकारी दिएको छ ।

ग्यास सिलिन्डर विस्फोटमा घाइते भण्डारीको आमाको मृत्यु

श्रोत र साधनको अभावका कारण दुवै जनाको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरिएको छ । भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार उनकी आमाको आइसियुबाट बाहिर निकाल्ने अवस्था नभएकाले कीर्तिपुरमै उपचार गरिएकाे थियाे ।

बम बराबर खतरनाक हुन्छन् यस्ता ग्यास सिलिन्डर

नेपाली राजनीतिमा एक आदर्श नेताका रूपमा परिचित भण्डारी मंसिर ४ मा भएको प्रतिनधिसिभा निर्वाचनमा गुम्मी–१ बाट सदस्यमा निर्वाचित भएका थिए । भण्डारीले एमालेका उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीलाई पराजित गरेका थिए । भण्डारी वौद्धिकता, शालिनताका साथसाथै वेथितिमाथि कडा रूपमा खबरदारी गर्ने नेतामध्ये एक पर्छन् ।

१८ महिना पहिले त्यो भयानक दुर्घटना

गतवर्ष रूपन्देहीको देवदह नगरपालिका–१० चरंगेमा भएको कार दुर्घटनामा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापकसमेत रहेका उनका ५२ वर्षीय भाइ शंकर भण्डारीको निधन भएको थियो । चरंगेबाट बुटवलतर्फ आउने क्रममा चरंगे खोलाको कल्भर्टमा बा १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी निधन भएको थियो । घटनास्थलबाट तत्काल उद्धार गरी बुटवलको रामनगरस्थित गौतमबुद्ध मुटु अस्पतालमा पु¥याइए पनि अस्पतालमा पुग्दा उनको मृत्यु भइसकेको थियो । आफैले कार चलाएका भण्डारीले खोलामा डुबेको अवस्थामा उद्धार गरिएको थियो । उनी त्रिभुवन विश्वविद्यालय खेलकुद निर्देशनालयका निर्देशकसमेत थिए ।

कसरी भयो घटना ?

घटनालगत्तै भण्डारीको निवास पुगेको प्रहरी अनुसन्धानले असावधानीका कारण घटना हुन पुगेको देखाएको छ । प्रहरीका अनुसार, भण्डारीको किचनमा रहेको ग्यास पहिलेदेखि नै खुला छाडेको भेटिएको छ । पहिलेदेखि नै भुलवश खुला रहेको ग्यास असावधानीवश खोल्न लाग्दा उक्त घटना हुन पुगेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले नेपालवाचलाई जानकारी दिए ।

‘उहाँहरूको किचन रूममा पहिले नै बिर्सिएर ग्यास खुला छाडिएको रहेछ । तर उहाँहरूले थाहा पाउनुभएन र ग्यास बाल्नुभयो । त्यसैक्रममा एक्कासि ग्यास विस्फोट भयो,’ प्रवक्ता पोखरेलले बताए ।

भण्डारीनिवास ग्यास विस्फोट : सानो असावधानीले निम्त्याएको विपत्ति